फोक्स नेपाल , संवाददाता । जिल्ला पर्वत कुश्मा न.पा. वडा नं. ७ दुर्लुङ चोक बस्ने बर्ष ३५ को लुपेन्द्र पुनको घर कोठामा लागु औषध सेवन तथा बिक्री वितरण समेत गरी कोठामा लुकाई राखेको छ भन्ने विशेष सुचना प्राप्त हुनासाथ लगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्र.ब.ना.नि. मोहन कुमार खड्काको कमाण्डमा प्रहरी टोली खटिई गई पक्राउ गरेका छन् ।
निज लुपेन्द्र पुनको घर कोठा रितपूर्वक खानतलासी गर्दा ऐ.ऐ. वस्ने लुपेन्द्र पुन र जिल्ला नवलपरासी सुनवल न.पा. वडा नं. ७ घर बताउने बर्ष ३३ को विक्रम राना मगर समेत मिलि घर कोठामा लुकाई छिपाई राखेको डाईजापाम ४९ एम्पुल, नोफिन ४९ एम्पुल र फेनारागन ४९ एम्पुल गरी जम्मा १४७ एम्पुल लागू औषध बरामद गरी दुबै जनालाई पक्राउ परेको छ ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA


लागू औषध
हाल बडा दशैको अबसरमा सम्मानित पर्वत जिल्ला अदालत बन्द भएकोले म्याद थप गर्न नसकिएको हुँदा अदालत खुलेको बखत मुद्दा दर्ता गरी म्याद थप गरिने अनुसन्धान अगाडि बढाने जानकारी दिएको छ।















