बृहत् रक्तदान कार्यक्रम

फोकस नेपाल ,सिरहा । सिरहामा एक गरिब परिवारले उब्जाएको धानमा आगो लगाइदिएको घटना बाहिरिएको छ । सिरहाको धनगढीमाई नगरपालिकास्थित धान काटेर राखिएको कुन्यू (बोझा) मा आगो लगाइदिएको हो ।

शनिबार राती उनको आफ्नै घर नजिक काटेर राखिएको धानको कुन्यू (बोझा) मा अज्ञात व्यक्तिले आगो लगाइदिएको हो ।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

स्थानीय लाले कुमार सदायले आफ्नो ८ कठ्ठा खेतमा  लगाएको धान भित्र्याउने बेलामा अज्ञात व्यक्तिले आगो लगाएर नष्ट पारिदिएको हो । धान पेलाउनको लागि राखिएको कुन्यूमा स्थानीय केही व्यक्तिले व्यक्तिगत रिसबीको कारण आगो लगाएर नष्ट पारिदिएको आरोप छ ।

धनगढीमाई वडा नं. ३ अल्हुवा बाँध टोल बस्ने सदाय परिवारलाई धान जलाईदिएपछि सालभरि खान गाह्रो हुने जनाएको छ । लालेका अनुसार, दुई जनामाथि किटानी जाहेरी दिएको हो ।

यता, ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाले घटनास्थलको मुचुल्का गरी लगिएको छ भने अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।

२०८२ मंसिर १६, सोमबार ०४:५५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय