रुपन्देही, फाल्गुन ०८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) अस्वस्थ भएपछि बिहीबार राति सुर्खेतबाट काठमाडौं फर्किएका छन् ।
रास्वपा सभापति रविसँगै दाङको कार्यक्रममा सहभागी हुने पूर्वयोजना रहे पनि स्वास्थ्यमा समस्या देखिएपछि उनी बेलुकी जहाजमार्फत काठमाडौं फर्किएको दाङ सभापति विनय घिमिरेले जानकारी दिए ।
शुभकामना

उनका अनुसार लामिछानेसहित अन्य नेताहरू भने निर्धारित कार्यक्रमअनुसार दाङ आइपुगेका छन् ।
रास्वपाले आज घोराहीमा लुम्बिनी प्रदेशस्तरीय चुनावी सभा आयोजना गरेको छ । कार्यक्रममा सभापति लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । यसअघि सुर्खेतको सभालाई भने बालेनले स्वागत गरेका थिए । बालेनलाई के भएको हो भन्नेबारेचाहिँ खुलाइएको छैन ।














