शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

गौशाला, महोत्तरी । गौशाला बजारस्थित साप्ताहिक पशु हाटमा ठेक्का लिने समूहले तोकिएको दररेटभन्दा बढी शुल्क असुली गरेको तथा सेवाग्राहीलाई धम्की दिएको गम्भीर आरोप सार्वजनिक भएको छ।

स्थानीय व्यापारी तथा सेवाग्राहीका अनुसार गाई, गोरु, बाख्रा लगायत पशु किनबेचका क्रममा नगरपालिकाले तोकेको आधिकारिक दररेट विपरीत अतिरिक्त रकम उठाउने गरिएको छ। असुल गरिएको सम्पूर्ण रकम रसिदमा उल्लेख नगरी आंशिक मात्र लेख्ने र बाँकी रकम “लेख्न नमिल्ने” भन्दै मौखिक रूपमा असुल्ने गरिएको आरोप छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

पीडितहरूले विरोध जनाउँदा “गुण्डा लगाएर धम्की दिने” र अनावश्यक दबाब सिर्जना गर्ने कामसमेत भएको बताएका छन्। यसले बजारमा त्रासको वातावरण सिर्जना भएको व्यापारीहरूको भनाइ छ।

सार्वजनिक भएको रसिद र दरसूचीअनुसार पशु हाटमा विभिन्न शीर्षकमा शुल्क निर्धारण गरिएको देखिन्छ। तर व्यवहारमा भने सो दररेट पालना नभएको गुनासो बढ्दो छ। स्थानीयहरूले सम्बन्धित निकायलाई तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

यस विषयमा जिल्ला प्रशासन कार्यालय महोत्तरी, जिल्ला समन्वय समिति महोत्तरी, जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा गौशाला नगरपालिका र वडा नं. ५ कार्यालय ले यथाशीघ्र अनुगमन गरी सत्यतथ्य छानबिन गर्नुपर्ने माग उठेको छ।

स्थानीय सरोकारवालाले भने, “नगरपालिकाले तोकेको दररेट स्पष्ट रूपमा सार्वजनिक छ भने त्यसको कार्यान्वयन किन हुँदैन? यदि ठेक्का सम्झौताविपरीत असुली भएको हो भने तत्काल कारबाही हुनुपर्छ।”
गौशाला बजारमा शान्ति, पारदर्शिता र विधिको शासन कायम गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्नु परे देखिएको छ ।

२०८२ फाल्गुन १४, बिहीबार ०८:२२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय