शिव मारुती ज्वेलर्स

हेटौंडा, मकवानपुर। निर्वाचन सुरक्षामा खटिएका प्रहरी जवान पवनकुमार साहको सवारी दुर्घटनामा परेर निधन भएको छ।

पवनकुमार साह रौतहटको विजयपुर निवासी हुन्। उनी निर्वाचन ड्युटीका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगर मा खटिएका थिए। ड्युटीमा जाँदै गर्दा साइकलमा सवार अवस्थामा हेटौंडाको कर्रामा दुर्घटना भएको हो।

शुभकामना

जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जतर्फबाट आउँदै गरेको ‘प्र ०३–००१ च १५६५’ नम्बरको गाडीले उनलाई ठक्कर दिएको थियो। दुर्घटनापछि गम्भीर घाइते भएका साहलाई उपचारका लागि लैजाने क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि चालक र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।
कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका साहप्रति स्थानीयवासी तथा सुरक्षाकर्मीले गहिरो दुःख व्यक्त गरेका छन्।

२०८२ फाल्गुन १९, मंगलवार ०२:१८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय