शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

वीरगञ्ज । नेपाली सेनाले वीरगञ्ज क्षेत्रमा सञ्चालन गरेको विशेष सर्च अपरेसनमा बारुद र बमसहित ३ जनालाई पक्राउ गरेको छ। सुरक्षा स्रोतका अनुसार समाजमा द्वन्द्व र अशान्ति फैलाउने योजनामा संलग्न रहेको प्रारम्भिक आशंकाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

अपरेसनका क्रममा बारुद तथा बमलगायतका जोखिमपूर्ण विस्फोटक पदार्थ बरामद गरिएको नेपाली सेनाले जनाएको छ। बरामद सामग्री सुरक्षित रूपमा निष्क्रिय पार्ने प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

सुरक्षा निकायले पछिल्लो समय सम्भावित हिंसात्मक गतिविधि रोकथाम गर्न र शहरको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन सर्च अपरेसन तीव्र बनाएको जनाएको छ। स्थानीय बासिन्दालाई शंकास्पद गतिविधिबारे तुरुन्त जानकारी गराउन समेत अनुरोध गरिएको छ।

यस घटनाले वीरगञ्जमा सुरक्षा सतर्कता थप कडा बनाइएको छ भने पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

२०८२ फाल्गुन २०, बुधबार ०४:०१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय