शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

गाैशाला, फाल्गुन २१ गते । महोत्तरीमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ। हालसम्म करिब १० प्रतिशत मत खसेको जानकारी प्राप्त भएको छ ।

जिल्लामा कूल २५८ वटा मतदान स्थल र ५३६ वटा मतदान केन्द्र रहेका छन्। त्यस्तै ३ वटा अस्थायी मतदान केन्द्र पनि सञ्चालनमा रहेका छन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ। उनले जलेश्वर कारागार कार्यालयमा रहेको अस्थायी मतदान केन्द्रमा भने मतदान सम्पन्न भइसकेको जानकारी दिनुभयो ।

सुरक्षा व्यवस्था कडा पारिएको र मतदाताहरू उत्साहपूर्वक मतदानमा सहभागी भइरहेको प्रशासनले जनाएको छ ।

२०८२ फाल्गुन २१, बिहीबार ०५:२०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय