सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत बसबरिया गाउँपालिका–३ भवानीपुरस्थित श्री जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको छ।
मतदान सुरु भएको केहीबेरमै दलका प्रतिनिधि तथा मतदाताबीच सामान्य विवाद भएपछि मतदान प्रक्रिया केही समयका लागि अवरुद्ध भएको थियो।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतले पहल गरेपछि अहिले उक्त केन्द्रमा मतदान पुनः सुचारु भएको जनाइएको छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

स्थानीय प्रशासनका अनुसार विवादको कारणबारे थप बुझ्ने काम भइरहेको छ भने मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा अघि बढाउन सुरक्षा व्यवस्था कडा पारिएको छ।















