फोकस नेपाल । मध्यपूर्वमा तनाव चुलिँदै गएको बेला Iran ले अमेरिकी विशेष सैन्य बलका करिब डेढ सय सैनिक नियन्त्रणमा लिएको दाबी गरेको छ। इरानी सरकारी स्रोतका अनुसार ती सैनिकहरू Delta Force सँग सम्बन्धित अधिकारी तथा सदस्य रहेको बताइएको छ।
इरानी पक्षले उनीहरू इरानको मिसाइल तथा सुरक्षा संरचनालाई लक्षित गरी गोप्य मिशनमा संलग्न रहेको आरोप लगाएको छ। इरानका अधिकारीहरूले भनेका छन् कि “कसैले Venezuela मा जस्तै यहाँ पनि सत्ता परिवर्तन वा राष्ट्रपति पक्राउ गर्ने योजना बनाएको ठानेको भए त्यो ठूलो भूल हुनेछ।”
इरानी नेतृत्वले चेतावनी दिँदै भनेको छ कि “यो भेनेजुयला होइन, यो इरान हो।” उक्त भनाइ Nicolás Maduro सँग सम्बन्धित घटनालाई संकेत गर्दै आएको विश्लेषकहरूको भनाइ छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

हालसम्म United States ले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन। घटनाको वास्तविकता र विस्तृत विवरणबारे अन्तर्राष्ट्रिय स्तरमा थप पुष्टि हुन बाँकी रहेको बताइएको छ।















