शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

महोत्तरी ।  महोत्तरीको रामगोपालपुर क्षेत्रमा प्रहरीले करिब १०९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार विशेष सूचनाका आधारमा गए राति करिब साढे ११ बजे रामगोपालपुर नगरपालिका–८ अन्तर्गत हरिणमरिण–सहसौला कच्ची सडक खण्डबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो।प्रहरीका अनुसार पूर्व–पश्चिम लोकमार्ग हुँदै भारततर्फ जाँदै गरेको डिएल १ सीओ ५८६९ नम्बरको डस्टर कार शंकास्पद अवस्थामा सडकमा रोकिएको भेटिएको थियो।

बर्दिबासस्थित लागूऔषध नियन्त्रण ब्युरो कार्यालयका प्रमुख सरोज अधिकारी तथा इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको संयुक्त गस्ती टोलीले कार जाँच गर्दा पछाडिको डिक्कीमा लुकाइछिपाइ राखिएको २० पोका गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक विश्वम्भरनाथ साहले जानकारी दिए।बरामद गरिएको गाँजा र कार प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

घटनास्थल बर्दिबासबाट करिब ३० किलोमिटर दक्षिणतर्फ पर्ने प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

२०८२ चैत्र १, आईतवार १६:३२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय