शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

गणेश कुमार सिंह ,सिरहा ।  लहान नगरपालिका–१५ स्थित हात्तीदहमा ‘हात्तीदह वनस्टे’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। JERSEY OVERSEAS AID (JOC) को आर्थिक सहयोगमा केयर नेपाल ,राष्ट्रिय कृषक महासंघ नेपाल र सामुदायिक वन उपभोक्त समुह अन्तर्गतको संरक्षण परियोजना र कोइरालो खोला नमुना सामुदायिक वन उपभोक्त समुहको सहकार्यमा निर्माण गरिएको वनस्टेको उद्घाटन नगर प्रमुख महेश प्रसाद चौधरीले गरेका हुन्।

वनस्टे निर्माणपछि यस क्षेत्रको शान्त र रमणीय प्राकृतिक वातावरणमा बस्न चाहने पर्यटकले यहाँ बसोबास गर्दै विशेष आनन्दको अनुभूति गर्ने अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे। हरियाली वन, सिमसार क्षेत्र र स्वच्छ वातावरणले पर्यटकलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको उनले बताए।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

वनस्टे निर्माणमा परियोजनाबाट आठ लाख छ हजार ८८ र उपभोक्ता समूहबाट तीन लाख ६७ हजार २९५ रुपैयाँ खर्च भएको जनाइएको छ। वनस्टे उद्घाटन गर्दै नगरप्रमुख महेशप्रसाद चौधरीले नगरपालिकाबाट थप २० लाख बजेट विनियोजन गरी थप दुई कोठे दुई भवन निर्माण गरिने बताए। “यसले पर्यटन विकाससँगै स्थानीयमा आर्थिक गतिविधि बढाउन मद्दत गर्नेछ”, उनले भने।

वनस्टेमा आउने पाहुनालाई थारू समुदायको संस्कृति प्रदर्शन गर्ने तथा परम्परागत खानाका परिकारहरू उपलब्ध गराउने योजना रहेको वडाध्यक्ष तेजनारायण चौधरीले बताए। उनले भने, “हामीले पाहुनालाई स्थानीय संस्कृति र स्वादसँग जोड्ने प्रयास गरिरहेका छौँ।”

कार्यक्रमका अवसरमा दाउरा बाट खाना पकाउने कम गर्नको लागि स्थानीय  समुदायका तीन जनालाई ग्यास चुल्हो अझ २० घरधुरीलाई ग्यास चुल्हो  वितरण गरिने योजना  रहेको कोइरालो खोलाका सल्लाहकारले बताए , भने स्थानीय संस्कृतिको झल्को दिने गीत तथा नृत्य प्रस्तुतिले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।

वनस्टेमा पर्यटकका लागि न्यूनतम ८०० रुपैयाँमा बास, रातिको खाना, बिहानको नास्ता तथा चियाको व्यवस्था गरिएको छ। यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

यसै अवसरमा वडा अध्यक्ष तेजनारायण चौधरीले खोल्सीमा पुल निर्माणका लागि बजेट विनियोजन गर्न नगर प्रमुखसँग आग्रह गरेका थिए। नगर प्रमुख चौधरीले उक्त मागप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै थप दुई वटा भवन निर्माणका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गर्ने घोषणा गरेका छन्।

स्थानीय स्रोत र साधनको उपयोग गर्दै सामुदायिक सहभागितामा सुरु गरिएको ‘हात्तीदह वनस्टे’ले पर्यटन विकाससँगै स्थानीयको आयआर्जनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख चौधरी प्रमुख अतिथिका रूपमा सहभागी रहँदा जिल्ला पर्यटन विकास शाखाका प्रमुख, केयर नेपालका प्रमुख जगदीश भट्ट, राष्ट्रिय कृषक महासंघ नेपाल मधेश प्रदेशका कार्यक्रम संयोजक दिलिप साह, प्रदेश सचिव यामुन प्रसाद यादव, संरक्षण परियोजना अधिकृत शोभा पासवान,कार्यक्रम अधिकृत टेकेन्द्र शाह तथा प्राविधिक नवीन कुमार ठाकुर, कृषि प्राविधिक गणेश कुशवाहा, वडा नं. १५ का वडा अध्यक्ष तेजनारायण चौधरी लगायत विभिन्न सामुदायिक वनका प्रतिनिधि, सब-डिभिजन कार्यालय प्रमुख राधेश्याम, सामुदायिक वन महासंघ सिरहाका अध्यक्ष चन्देश्वर साह, स्थानीय नागरिक समाज ,वुधिजिवी विभिन्न वडाका वडाध्यक्षको उपस्थिति रहेको थियो।

२०८२ चैत्र ४, बुधबार २०:०७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय