शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

महोत्तरी ।  गौशाला नगरपालिका अन्तर्गत कान्तिबजारस्थित दुर्गा मन्दिरमा चैते दशैं पर्वको अवसरमा पूजा आरम्भ गरिएको छ। यस अवसरमा बिहीबार पहिलो दिन भव्य कलश यात्रा निकालिएको हो।

कलश यात्राका सहभागीहरू रुपनी खोलाबाट कलशमा पवित्र जल भरेर गौशाला नगरपालिकाको परिक्रमा गर्दै दुर्गा मन्दिर पुगेका थिए। बाजागाजा, भजन–कीर्तनसहितको धार्मिक वातावरणमा सम्पन्न यात्राले क्षेत्रभर उत्साह र श्रद्धाको माहोल सिर्जना गरेको थियो।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

यात्रामा सहभागी भक्तजनहरूलाई स्थानीय बासिन्दाले फूलमाला, जुस, पानी, शरबत तथा अबिरले स्वागत गरेका थिए। गाउँ–टोलभरि देखिएको स्वागत सत्कारले धार्मिक एकता र सामुदायिक सद्भाव झल्काएको छ।

चैते दशैंको अवसरमा मन्दिरमा जमरा राखी विधिवत रूपमा पूजा–आराधना सुरु गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। आगामी दिनहरूमा विभिन्न धार्मिक कार्यक्रमहरू समेत सञ्चालन गरिने जनाइएको छ।

 

२०८२ चैत्र ५, बिहीबार ११:४७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय