शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,चैत्र ०५ गते  । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित चिया बगान क्षेत्रबाट प्रहरीले भन्सार छलि गरेर ल्याइएको सामानसहित दुई वटा टेम्पो र चालकलाई नियन्त्रणमा लिएको छ।

शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेका टेम्पोलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा भन्सार छली गरेर ल्याइएको पर्दा, साडी, कुर्था–सुरुवाल, ढाका लगायत विभिन्न किसिमका कपडाहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

बरामद सामानको अनुमानित मूल्य ५ लाख रहेको छ। उक्त सामानसहित मे१ह ६३५५ नम्बरको टेम्पो र चालक मेचीनगर नगरपालिका–७ बस्ने ४० वर्षीय सुबिन्द्र जोगी तथा मे१ह ७२९४ नम्बरको टेम्पो र चालक भोजपुर हतुवागढी गाउँपालिका–५ घर भई हाल मेचीनगर–७ बस्ने ३५ वर्षीय भमदल राईलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले बरामद सामान, टेम्पो र चालकलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भद्रपुर पठाएको जनाएको छ।

२०८२ चैत्र ५, बिहीबार १३:१०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय