शिव मारुती ज्वेलर्स

फोकस नेपाल , चैत्र ११ गते । धनुषामा जँगली चितुवा देखिएपछि स्थानीयमा त्रास फैलिएको छ । धनुषाको उत्तरी क्षेत्र रहेको ढल्केवर आसपासको एक्लेवरस्थित चितुवा देखिएको हो ।

धनुषाको मिथिला नगरपालिका वडा नं. ७ स्थित एक्लेबरमा जङ्गली चितुवा देखापरेपछि स्थानीयहरु त्रसित बनेका हुन् ।

शुभकामना

मिथिला नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर स्याङ्दनले मंगलबार बिहानतर्फ एक्लेबरस्थित विक्रम थिङको घर अगाडि चितुवा देखिएको जानकारी दिए ।

उनले केही दिन अगाडि चितुवाले एउटा बाख्रा खाइदिएको र अर्को एक बाख्रालाई घाइते बनाएको समेत बताए । जंगलको नजिक रहेको बस्तीमा चितुवा देखा परेको बारे डिभिजन वन कार्यालय धनुषालाई जानकारी गराएको उनको भनाइ छ । वडाध्यक्ष स्याङ्दनले बस्ती नजिक चितुवा देखिएपछि स्थानीय त्रसित भएको बताए ।

डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख विनोद सिंहले स्थानीयलाई सतर्क रहन आग्रह गरेका छन् ।

२०८२ चैत्र ११, बुधबार ०४:२९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय