शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

धनुषा । धनुषाधाम नगरपालिका वडा नं. ६ मालटोलमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
पूर्वतर्फ जाँदै गरेको म.प्र. ०२–००८ प १९८९ नम्बरको पल्सर मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेश प्रदेश ०२–००१ च १६७८ नम्बरको महेन्द्रा पिकअपले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ निवासी सत्यनारायण सिंहका ५० वर्षीय छोरा विनोद सिंह घाइते भएका छन्। घाइते सिंहको जनकपुरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

त्यसैगरी, क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ६ निवासी सहिद खानका ५८ वर्षीय छोरा समिम खानको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
दुर्घटनामा संलग्न पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिई ढल्केवर प्रहरी चौकीमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ।

२०८२ चैत्र ११, बुधबार ०९:०९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय