फोकस नेपाल ,चैत्र १६ गते । यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट १५ जना बिचौलिया पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले सेवाग्राहीलाई हैरानी दिने तथा अवैध रूपमा रकम असुल्ने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

प्रहरीका अनुसार ‘फास्ट ट्रयाक’मा काम गरिदिने बहानामा सेवाग्राहीबाट अतिरिक्त शुल्क लिने गरेको गुनासो बढेपछि विशेष अपरेशन सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूलाई हाल प्रहरी वृत्त सातदोबाटोमा राखी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन्।















