शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,चैत्र १८ गते । बाराको निजगढमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई युवकले ज्यान गुमाएका छन्। निजगढ नगरपालिका–९ स्थित पश्चिम लच्कामा दुईवटा मोटरसाइकल एक-आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो। दुर्घटनामा परी सर्लाही लालबन्दी नगरपालिका–७ का २२ वर्षीय वैभव ढुङ्गाना र निजगढ नगरपालिका–६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्र.२–०४२प ९८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्र.३–००४प ३६६१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका ढुङ्गानालाई उपचारका लागि वीरगञ्जस्थित एलएस न्यूरो अस्पताल गण्डक र श्रेष्ठलाई कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो।

शुभकामना

अस्पताल पुर्याइएलगत्तै चिकित्सकहरूले दुवैलाई मृत घोषणा गरेका थिए। दुर्घटनामा परेको ९८२४ नम्बरको मोटरसाइकल ढुङ्गानाले र ३६६१ नम्बरको मोटरसाइकल श्रेष्ठले चलाइरहेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

२०८२ चैत्र १८, बुधबार १०:३३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय