शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,विरगन्ज । वीरगन्जस्थित मधेश विश्वविद्यालयका कर्मचारी मोहम्मद राजु राउत गद्दीलाई एक छात्रालाई अनैतिक सम्बन्धमा प्रवृत्त गराउने प्रयास गरेको आरोपमा नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार, आरोपित गद्दीले पीडित छात्रालाई सहयोगको बहानामा निरन्तर सम्पर्क गरी मानसिक दबाब सिर्जना गरेका थिए। छात्राले प्रस्ताव अस्वीकार गरेपछि उनी परीक्षामा अंक घटाउने धम्की दिएका र प्रस्ताव स्वीकार गरेमा विभिन्न सुविधा उपलब्ध गराउने प्रलोभन दिएका थिए।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

पीडित छात्राको उजुरी चैत १४ गते जिल्ला प्रशासन कार्यालय, पर्सामा दर्ता भएको थियो। उजुरी दर्ता भएपछि गद्दी फरार भएका थिए। पर्सा प्रहरीले खोजतलासका क्रममा उनलाई नियन्त्रणमा लिएको हो।

पर्सा प्रहरीले घटनाको पुष्टि गर्दै प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए, “अभियुक्तमाथि कानूनी प्रक्रिया अघि बढाइएको छ र अनुसन्धान तीव्र गतिमा जारी छ।”

प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ कि आरोपितले सामाजिक सञ्जाल र फोनमार्फत पीडितमाथि लगातार दबाब सिर्जना गरेका थिए, जसले विद्यार्थीको शैक्षिक र मानसिक सुरक्षामा गम्भीर असर पार्ने जोखिम उत्पन्न गरेको छ।

यता, पर्साका प्रहरी प्रमुखले संवेदनशिल घटना भएको भन्दै थप केही भन्न नमिल्ने प्रतिक्रिया दिए । उनले एउटी छात्रा र एउटा कलेजको समेत सवाल रहेकोले केही भन्न नमिल्ने बताउँदै अनुसन्धान प्रक्रियामा रहेको बताए ।

२०८२ चैत्र १९, बिहीबार १३:५८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय