धनुषा । धनुषामा अज्ञात व्यक्तिले जौ गहुँको कून्यूमा आगो लगाउँदा ५ कठ्ठाको अन्नबाली नष्ट भएको छ ।
धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष सुरेन्द्र कुमार मण्डलको खेतमा रहेको काटेर राखिएको जौ मा अज्ञात व्यक्तिले आगो सल्काइदिँदा पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।
शुभकामना

गएराती कसैले वडाध्यक्ष्को जौ मा आगो लगाइदिएर अन्नबाली नष्ट पारिदिएको हो । सोसँगै उनको पोखरी डीलमा लगाईएको बोटविरुवाहरु समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगो कसले र किन लगाएको भन्ने बारे खुलेको छैन् । ५ कठ्ठामा लगाएको जौ बालीमा आगो लगाएको वडाध्यक्ष मण्डलले बताए । साथसाथै स साना बोटविरुवाहरु, रुखहरु समेत जलेको हो ।














