गणेश कुमार सिंह । महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १२ कान्तिबजारका किसान राजकिशोर महतोको करिब ५ कट्ठा क्षेत्रफलमा लगाइएको मकैबाली बादरले खाएर पूर्ण रूपमा नष्ट गरेको छ।
स्थानीय किसानहरूका अनुसार पछिल्लो समय लगातार वन्यजन्तुको आतंक बढ्दै गएको छ। कहिले जंगलि बदेल, कहिले बादर त कहिले नीलगाईको आक्रमणका कारण खेतबारीमा लगाइएको बाली नष्ट हुँदा किसानहरू गम्भीर समस्यामा परेका छन्। यसले गर्दा किसानहरू निराश र चिन्तित बनेका छन्।
कृषि नै मुख्य आयस्रोत रहेको यस क्षेत्रका किसानहरू यस्ता समस्याका कारण आर्थिक रूपमा समेत प्रभावित भइरहेका छन्।बारम्बार हुने क्षतिका कारण उनीहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर परेको छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

यस समस्याप्रति गौशाला नगरपालिका कृषि शाखा, वडा नं. १२ का जनप्रतिनिधि तथा कृषि ज्ञान केन्द्र महोत्तरी लगायत सम्बन्धित सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराइएको छ।



स्थानीयहरूले वन्यजन्तु नियन्त्रण, क्षतिपूर्ति व्यवस्था तथा दीर्घकालीन समाधानका लागि तत्काल पहल गर्न माग गरेका छन्। किसानहरूको सुरक्षाका लागि प्रभावकारी योजना लागू गरी यस्ता घटनाको पुनरावृत्ति रोक्न आवश्यक देखिएको छ।















