सिरहा । सिरहाका नगरपालिकाका नगर प्रमुख डा. नबिन कुमार यादवमाथि पक्राउ पूर्जी जारी भएको छ ।
कार्यालय सहायकलाई कुटपिट गरेको प्रकरणमा उनीमाथि पक्राउ पूर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार, मेयर यादवमाथि अभद्र व्यवहार मुद्दामा पक्राउ पूर्जी जारी भएको हो ।
शुभकामना

गत सोमबार सिरहा नगरपालिकामा कार्यरत कार्यालय सहायक रामशरण यादवमाथि मेयरले कुटपिट गरेको आरोपमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको ।
उनीमाथि पक्राउ पूर्जी जारी भएपनि उनलाई भने अहिले पक्राउ गरिएको छैनन् ।














