शिव मारुती ज्वेलर्स

फोकस नेपाल , बैशाख ०१ गते । काठमाडौँ उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सुरु गरिएको छ। साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रुटमा सेवा सञ्चालन गरेको हो ।
पूर्व–पश्चिम रुटमा एयरपोर्टदेखि थानकोटसम्म विभिन्न मुख्य स्थानहरू हुँदै बस चल्नेछ भने उत्तर–दक्षिण रुटमा बुढानीलकण्ठदेखि लगनखेलसम्म सेवा उपलब्ध हुनेछ।

यसका लागि ७ वटा विद्युतीय बस प्रयोग गरिएको छ। सेवा सञ्चालनमा विभिन्न स्थानीय तहहरूको सहकार्य रहेको छ।

शुभकामना

यात्रु सुरक्षाका लागि बसमा सीसीटीभी जडान गरी केन्द्रीय रूपमा निगरानी गरिनेछ र नगर प्रहरीको पनि व्यवस्था गरिएको छ। साथै, ‘साझा प्लस’ मोबाइल एपमार्फत बसको अवस्थिति हेर्न सकिनेछ।

यो सेवा प्रारम्भिक चरणमा सुरु गरिएको हो र आगामी दिनमा यात्रुको मागअनुसार विस्तार गर्ने योजना रहेको छ।

२०८३ बैशाख १, मंगलवार १५:३०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय