फोकस नेपाल ,बैशाख ०५ गते । मधेश प्रदेशको राजधानी जनकपुरधामको दक्षिणवर्ती क्षेत्र अवस्थित नगराईन नगरपालिकाको सीमावर्ती नाका जटहीमा एक महिला फर्निचरलगायतका केही सामग्री लिएर अलपत्र परेकी थिइन् ।
उनी छोरीको विवाह जनकपुरधाममा गर्दै छिन् । छोरीको विवाहमा आशीर्वादस्वरुप फर्निचरलगायतको सामग्री दिनका लागि जसोतसो जोरजाम गरी नेपाल ल्याउँदै गर्दा सीमानाकामै सशस्त्र प्रहरीले रोक्यो । गाडीमा रहेको सो सामग्री बरारबको रकम तिर्न भन्यो । सो सामग्री करिब ३० हजारभन्दा बढीको थियो । तर उनीसंग केही रुपैयाँ बाहेक केही थिएन । रकम नहुँदा उनी बीच बाटोमै अलमलमा परिन् । छोरीको विवाहमा आमा नै जान पाउने अवस्था देखिनन् । उनी भन्दै थिइन्, मसंग पैसा भएको भए छोरीको विवाह धुमधामसाथ गर्थे ,तर छैन । बालेन्द्र साह नेतृत्वको सरकारले एक सय रुपैयाँको सामग्रीमा पनि भन्सार तिर्नुपर्ने निर्देशन जारी गरेपछि ती महिला रणभुल्लमा परी प्रचण्ड घाममा पनि नेपाल–भारत सीमानाकामा खोला छेउमा थिइन् ।
शुभकामना

सदियौँदेखि नेपाल–भारतको धार्मिक तथा सांस्कृतिक रितीरिवाज अनुसार परम्परा चल्दै आएको छ । जन्म, विवाहबन्धन, मरनहरन, रोटीबेटी सम्बन्ध जनककालदेखि नै चलिआएको रिवाज अनुसार सुनदेखि नुनसम्म ओसारपोसार हुँदै आएको छ । तर यसमाथि नै धावा बोल्दा अहिले धार्मिक सामाजिक सांस्कृतिक नै ‘डिस–ब्रेक’ नै लागेको छ ।
सीमावर्ती क्षेत्रतर्फ साह सरकारमाथि रहेको विश्वास अहिले आक्रोशपूर्ण आलोचनाको रुपमा उभ्रिएको छ । तत्काल समाधान गर, सरकार ।
“करमुक्त मुलुक बनाउ ! जनतासङ कर लिएर करमारा सरकार नबन !!”
करखोर मुक्त सरकार बन ।














