शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,बैशाख ०५ गते । जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको टेम्पोमाथि रुख ढल्दा २ जनाको मृत्यु भएको छ ।

शनिबार साँझको हवाहुरीका क्रममा जलेश्वर नगरपालिका–९ परकौलीस्थित सडक छेउको रुख जनकपुरतर्फ जाँदै गरेको ज १ घ ४८५० नम्बरको टेम्पोमाथि खस्दा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए ।

शुभकामना

दुर्घटनामा अन्य ३ जना सख्त घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जनकपुर पठाइएको छ । टेम्पोमा चालकसहित ५ जना सवार रहेको प्रहरीले जनाएको छ ।मृतक र घाइतेहरुको पहिचान हुन नसकेको प्रहरी नायब उपरीक्षक भट्टले बताए ।

दुर्घटना पछि केहीबेर जनकपुर जलेश्वर सडक खण्ड अवरुद्ध भएको थियो ।
नेपाली सेना र प्रहरीले सडकमा खसेको रुख हटाएर सडक सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ ।

२०८३ बैशाख ५, शनिबार १५:०६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय