फोकस नेपाल ,बैशाख २० गते । विश्व प्रेस स्वतन्त्रता दिवस (३ मे) को अवसरमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको आयोजनामा गौशाला बजार, महोत्तरीमा एक भव्य कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा पत्रकार, सञ्चारकर्मी, नागरिक समाजका अगुवा तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले प्रेस स्वतन्त्रताको महत्व, पत्रकारहरूको सुरक्षा तथा निष्पक्ष र जिम्मेवार पत्रकारिताको आवश्यकतामाथि जोड दिएका थिए।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

कार्यक्रमका वक्ताहरूले लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेस अपरिहार्य रहेको उल्लेख गर्दै पत्रकारहरूलाई सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरेका थिए। साथै, पत्रकारहरूलाई विभिन्न चुनौती र दबाबका बाबजुद पनि आफ्नो पेशागत मर्यादा कायम राख्दै काम गर्नुपर्नेमा जोड दिइएको थियो।















