शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

जनकपुरधाम । मधेश सरकारको उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विकास कार्यालय धनुषाका हाकिम सँजय मिश्रले ठेकेदारहरुसँग दलाली गरेको प्रमाण फेला परेको छ ।

पर्यटन कार्यालय मार्फत राखिएको धनुषाको विभिन्न ठाउँको भौतिक पूर्वाधार योजनामा ठेकेदारलाई ५ देखि १० प्रतिशतसम्म कमिशन लिएर चिठ्ठी बेच्ने गरेका छन् । विभिन्न स्थानीय तहहरुमा दिइएको योजनामा हाकिम सँजय मिश्राले ठेकेदारसँग कमिशन पहिले लिएर मात्र चिठ्ठी दिने गरेका छन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

सरकारको नियममा पर्यटन विकास कार्यालयबाट सिधै पालिका तहको कार्यालयमा चिठ्ठी प्राप्त हुनुपर्नेमा हाकिम मिश्राले विभिन्न ठेकेदारसँग बार्गेनिँग गरी कमिशन लिएर गैर कानुनी रुपमा चिठ्ठी ठेकेदार मार्फत वडामा पठाउने गरेको खुलेको छ । यसलाई केही वडाध्यक्षले समेत पुष्टि गरेका छन् ।

धनुषाको विभिन्न स्थानीय तहको लागि राखिएको योजनामा पर्यटन विकास कार्यालयका हाकिम सँजय मिश्रले वडालाई सिफारिस चिठ्ठी नदिई सिधै ठेकेदार, बिचौलियालाई चिठ्ठी दिने गरेका छन् । सोही चिठ्ठी लिएर वडामा गएपछि स्थानीय सरकारका वडाध्यक्षहरुले आपत्ति जनाएका छन् ।

कर्मचारी मार्फत कार्यालयमा आउनुपर्ने सिफारिस कागजात आफ्ना मातहतका ठेकेदार, बिचौलियालाई दिएर पठाउने गरेको पाईएको छ । यसरी बिचौलिया मार्फत सरकारी चिठ्ठी पठाउँदा सरकारी कार्यालयको अस्तित्वमाथि प्रश्न तेर्सिएको छ ।

वडास्तरमा उपभोक्ता समिति मार्फत हुने कामलाई सरकारमा रहेका दलका नेता, साँसद, वडाध्यक्षहरुलाई कोटा छुटयाएर हाकिम मिश्रले मोटो कमिशन लिँदै योजनाका चिठ्ठी बेच्दै आएका हुन् ।

२०८३ बैशाख २०, आईतवार १५:१५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय