शिव मारुती ज्वेलर्स

जनकपुरधाम ।  सात वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत धनुषाले एक जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

जिल्ला अदालत धनुषाका न्यायाधीश कपिलमणि गौतमको इजलासले मिथिला बिहारी नगरपालिका–१० ठेरा रामनगरका १९ वर्षीय पप्पु मण्डललाई जन्मकैदको फैसला सुनाएको हो ।

शुभकामना

अदालतका अनुसार २०७८ फागुन २८ गते भएको घटनामा मण्डलले सात वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको ठहर गरिएको छ । सोही कसुरमा पीडित बालिकालाई क्षतिपूर्तिस्वरूप तीन लाख रुपैयाँ उपलब्ध गराउन पनि आदेश दिइएको छ । फैसलामा प्रतिवादी मण्डलले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(१)(२) अन्तर्गतको कसुर गरेको ठहर गरिएको उल्लेख छ ।

उक्त संहिताको दफा २१९(३) (क) अनुसार पीडिता १० वर्षभन्दा कम उमेरकी भएकाले जन्मकैदको सजाय गरिएको हो । अदालतका अभिलेख अनुसार मण्डलले भोजबाट फर्किँदै गरेकी बालिकालाई घर पु¥याइदिने बहानामा साइकलमा राखी गाउँबाहिर खेतमा लगेर जबरजस्ती करणी गरेका थिए ।

मुद्दाको सुनुवाइका क्रममा पीडितको बकपत्र, प्रत्यक्षदर्शीको बयान, घटनाक्रम, प्रतिवादीको स्वीकारोक्ति तथा चिकित्सकीय परीक्षणबाट प्राप्त प्रमाणका आधारमा अदालतले कसुर प्रमाणित गरेका हुन् ।

२०८३ बैशाख २४, बिहीबार ०३:४९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय