फोकस नेपाल ,जेष्ठ ०१ गते । जनकपुरधाम उपमहानगर शिक्षा,युवा तथा खेलकुद विकास शाखाको निर्देशन मजाक बन्दै गरेको आलोचना हुन थालेको छ ।
जनकपुरधाम उपमहानगर शिक्षा,युवा तथा खेलकुद विकास शाखाको प्रमुख अन्जु पाण्डेयले २०८३ साल बैशाख २५ गते शुक्रबार च.नं.—९०२३ को पत्रानुसार शुल्क सम्बन्धमा सामुदायिक विद्यालयहरुलाई दिइएको निःशुल्क अध्यापनको निर्देशन पालना नभई खुलेआम नमुनादेखि माध्यमिक विद्यालयहरुले अबैध रुपमा अभिभावकहरुबाट शुल्क असुलि गरिरहेको पाइएको छ । नेपालको शिक्षा ऐन २०७५ तथा नियमावलि २०७७ बमोजिम विद्यार्थीहरुसँग कुनै पनि प्रकारको शुल्क नलिई भर्ना तथा विद्यार्थीहरुलाई अध्ययन—अध्यापन गर्न गराउन प्रष्ट भनिएको छ । यतिसम्म जानकारी हुँदा हुदै पनि केहि सामुदायिक विद्यालयहरुले जनकपुरधाम उपमहानगर शिक्षा,युवा तथा खेलकुद विकास शाखाको निर्देशनलाई धज्जी उडाउदै मनोमानि रुपमा शुल्क असुलि कार्य बन्द नगरेको पाइएकोले जनकपुरधाम उपमहानगरका शिक्षाबिद,नागरिक समाज तथा अभिभावकहरुले दुःख व्यक्त गर्दै निर्देशन भए पनि कुनै परिवर्तन नदेखिएको भनी आलोचना गर्न थालेका छन् ।
शुभकामना

देशको चौथो अंग पत्रपत्रिका तथा अनलाइनमा अबैध शुल्क असुलि सम्बन्धी नाम किटेर नै विद्यालयहरुको नाम सहित समाचार प्रकाशन भए पनि जनकपुरधाम उपमहानगरको शिक्षा शाखाले यसलाई गम्भीरतापूर्वक नलिनु सर्बत्र आलोचना हुन थालेको छ ।














