सिराहा । लहान नगरपालिका वडा नम्बर–१५ मा संरक्षण परियोजनाअन्तर्गत पोखरी निर्माण कार्य सुरु भएको छ । उक्त पोखरीको नगर प्रमुख महेश चौधरी तथा वडा अध्यक्ष तेजनारायण चौधरी ले संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
संरक्षण परियोजनामार्फत निर्माण हुन लागेको पोखरीले वातावरण संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा जलस्रोत संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । साथै, स्थानीय नागरिकलाई माछापालन, कृषि तथा अन्य आयआर्जनका गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
शुभकामना

नगर प्रमुख चौधरीका अनुसार पोखरी निर्माणले स्थानीय स्तरमा पर्यावरणीय सन्तुलन कायम राख्न मद्दत पुग्ने बताउँदै यसले पर्यापर्यटन विकासमा समेत टेवा पुग्ने धारणा व्यक्त गरे ।
त्यसैगरी वडा अध्यक्ष तेजनारायण चौधरी ले संरक्षण परियोजनाले समुदायमा दीर्घकालीन लाभ पुर्याउने उल्लेख गर्दै स्थानीयवासीलाई परियोजनाको संरक्षण र सदुपयोगमा सहयोग गर्न आग्रह गरे ।
स्थानीयवासीहरूले पनि पोखरी निर्माण कार्यले वातावरणीय सुधारसँगै आर्थिक अवसर सिर्जना हुने विश्वास व्यक्त गरेका छन् ।
















