शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,जेष्ठ ०६ गते ।  ललितपुरको चाँगाथलीमा नक्कली मदिरा उत्पादन गर्दै आएको एक गिरोहलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा गरिएको छापामार कारबाहीमा चार जना नियन्त्रणमा परेका हुन्।

पक्राउ पर्नेमा रामेछापका मनोज खत्री, विनोद तामाङ, विवेक तामाङ तथा सिन्धुपाल्चोकका छिदेन निमा तामाङ रहेका छन्।

शुभकामना

सशस्त्र प्रहरीको नेपाल इन्टेलिजेन्स ब्युरोको टोलीले बिर्खबहादुर तामाङको घरमा छापा मार्दा रेडलेबल, ब्ल्याकलेबल जस्ता ब्रान्डका नक्कली मदिरा बनाउन प्रयोग हुने केमिकल, उपकरण, राजस्व स्टिकर र होलोग्राम बरामद गरेको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०८३ जेष्ठ ६, बुधबार ००:४६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय