शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

ओपि साह, जनकपुरधाम, जेठ ३० गते ।  ज्ञान गंगा इन्टरनेशनल पब्लिक स्कूल, जनकपुरधाममा “बाल संस्कार पंचमहायज्ञ” कार्यक्रम विधिपूर्वक सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित उक्त धार्मिक तथा सांस्कारिक कार्यक्रममा विद्यार्थी, अभिभावक तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत वैदिक विधिअनुसार ब्रह्मयज्ञ, देवयज्ञ, पितृयज्ञ, भूतयज्ञ तथा अतिथियज्ञ सम्पन्न गरिएको आयोजकले जनाएको छ। बालबालिकामा नैतिक शिक्षा, संस्कार, अनुशासन तथा वैदिक परम्पराप्रति जागरण ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रअ पवन कुमार साहले जानकारी दिएको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

वैदिक पुरोहित श्री विजय झा द्वारा मन्त्रोच्चारण सहित सम्पन्न महायज्ञमा सहभागीहरूले धार्मिक वातावरणमा पूजा–आराधना गर्दै संस्कारमूलक शिक्षा आजको आवश्यकता रहेको बताएका थिए।

विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच, संस्कृति संरक्षण तथा आध्यात्मिक चेतना विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

२०८३ जेष्ठ ३०, शनिबार १५:३०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय