शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

विराटनगर / विराटनगरको सीमावर्ती क्षेत्रमा अस्पतालको नाम लेखिएको भ्यान प्रयोग गरी गाँजा ओसारपसार गर्न खोजिएको खुलेको छ । सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैयास्थित कोलर चोकबाट ६० किलो गाँजासहित उक्त भ्यान नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा चौकी दरैयाबाट खटिएको टोलीले मंगलबार राति शंकास्पद अवस्थामा रहेको सुजुकी भ्यानलाई रोकेर जाँच गर्न खोजेको थियो । राति करिब ११ बजे ‘दिव्य ज्योती अस्पताल प्रालि’ लेखिएको को १ च ६६२० नम्बरको भ्यानलाई सुरक्षाकर्मीले रोक्न खोजेपछि चालक गाडी छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

चालक फरार भएपछि सुरक्षाकर्मीले भ्यानको खानतलासी गरेका थिए । खानतलासीका क्रममा भ्यानभित्र दुईवटा बोरामा प्याक गरेर राखिएको अवस्थामा करिब ६० किलो गाँजा फेला परेको हो ।

अस्पतालको नाम प्रयोग गरिएको सवारीसाधनबाट ठूलो परिमाणमा गाँजा बरामद भएपछि घटनालाई प्रहरीले गम्भीर रूपमा लिएको छ । गाँजा ओसारपसारमा उक्त भ्यान कसरी प्रयोग भयो र यसको संलग्नता कस–कसको छ भन्ने विषयमा थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

बरामद गाँजा र भ्यानलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको छ । फरार चालकको पहिचान तथा खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

२०८३ भाद्र १७, बुधबार ०७:१५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय