शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,भदौ १७ गते । जहिल्यै बिहान ‘Good Morning’ भन्दै मेसेज गर्ने श्रीमानको एक साता देखि छैन कुनै अत्तोपत्तो, सकुशल फर्किने आशामा कुरेर बसेकी छन् पूजा !

माथिल्लो त्रिशूली जलविद्युत्-१ मा कार्यरत अजय सिंह अहिलेसम्म सम्पर्कविहीन छन्। परिवारसँग उनको सम्पर्क विच्छेद भएको आज सात दिन भइसकेको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

श्रीमानको अवस्था बारे जानकारी दिन पूजा साह निरन्तर सरकारलाई आग्रह गरिरहेकी छन्। उनले निरन्तर सामाजिक संजाल मार्फत आफ्नो श्रीमानको उद्धार गरिदिन आग्रह गरिरहेकी छन्।

सधैं बिहान ६ र ७ बजेको बीचमा ‘गुड मर्निङ’ मेसेज पठाउने श्रीमानको मेसेज कुरिरहेकी छन् पूजा। जहाँ भएपनि श्रीमान सकुशल रहुन् भन्ने भगवानसँग उनको कामना छ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, “बेबी, सधैं बिहान ६ र ७ बजेको बीचमा तिम्रो ‘गुड मर्निङ’ मेसेज आउने बानी परेको थियो। आज तिमीबाट त्यो मीठो ‘गुड मर्निङ’ नसुनेको पनि ७ दिन भइसक्यो। हरेक बिहान आँखा खुल्नेबित्तिकै फोन हेर्छु—सायद आज तिम्रो मेसेज आएको होला भनेर। तर हरेकपटक निराश हुनुपर्छ। बेबी, जहाँ भए पनि सुरक्षित रहनू। हामी तिमीलाई पर्खिरहेका छौँ। छिट्टै फर्केर आऊ… तिम्रो “गुड मर्निङ” सुन्ने हाम्रो प्रतीक्षा अब धेरै लामो भइसक्यो। प्लीज कम ब्याक, बेबी। हामी अझै तिमीलाई कुरिरहेका छौँ।” आशा मा रहेका छन् ।

२०८३ भाद्र १७, बुधबार १३:४९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय