शिव मारुती ज्वेलर्स

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित करेन्ट लागेर दुई दाजुभाईको मृत्यू भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बिन्धीस्थित आज बिहान करिब ३ बजेको समयमा करेन्ट लागेर दुई दाजुभाईको मृत्यू भएको हो ।

शुभकामना

बिन्धी बस्ने ५५ बर्षिय रामेश्वर चौधरी र ६० बर्षिय दिनेश चौधरीले विजयादशमीको नुहाई धुवाई गरेर कपडा सुकाउन तारमा राखेपछि करेन्ट लागेर मृत्यू भएको हो ।

बिहान ३ बजे नै स्नान गरी दुवै दाजुभाई भिजेको कपडा बिजुलीको मिटरबाट निकेको तारमा झुण्डयाउन जाँदा त्यहाँ रहेको नाँगो तारमा करेन्ट लागेर एकै पटक दुवै जनाको मृत्यू भएको हो ।

अँध्यारोको समय रहेको उनीहरुले नाँगो तार हेर्न नपाएपछि सो दुर्घटना भएको स्थानीयहरुले बताएका छन् । दुवै दाजुभाई सो गाउँका समाजसेवीको रुपमा चिनिन्थे ।

उनीहरुको एकैपटक करेन्ट लागेर मृत्यू भएपछि सिँगो टोल नै शोकमग्न भएको छ ।

२०७९ आश्विन १९, बुधबार १०:५१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय