फोकस नेपाल ,पुस ०५ गते ।झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
बाह्रदशी गाउँपालिका-१ बस्ने ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

मंगलबार दिउँसो सवा ४ बजे कचनकवल गाउँपालिका-१स्थित पश्चिम देउराली चारकोशे सामुदायिक वनमा भुजेल घाँस दाउरा लिएर फर्किँदै थिए।
त्यसक्रममा जंगली हात्तीले आक्रमण गरेको डिएसपी पाठकले बताए। घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।















