शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

जनकपुरधाम, चैत १२ गते । सर्लाही प्रहरीले निर्माणाधिन विद्युत सव स्टेशनबाट तामा चोरी गरेको आरोपमा एक युवक पक्राउ गरेको छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मोतिहारी भझोखत थाना ग्राम विष्णुपुर वडा नं. ११ बस्ने १९ वर्षीय साजन कुमार सोनी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

आज बिहान करिब ९ बजेको समयमा सर्लाहीको बलरा नगरपालिका ८ स्थित हुलाकी मार्गको बालुवा भारमा पराल भित्र लुकाई छिपाई राखेको अवस्थामा १६ वटा बोरामा राखिएको तामाको तार प्रहरीको टोलीले बरामद गरेको हो ।

सोही स्थान नजिक निर्माण भईरहेको विद्युत सव स्टेशनमा चोरी भएको खुलेकोमा चोरी कार्यमा संलग्न रहेको आरोपमा सोनीलाई पक्राउ गरी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

२०७९ चैत्र १२, आईतवार १४:३८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय