गणेश कुमार सिंह,चैत्र १७ गते । महोत्तरीको सामुदायिक परिवार कल्याण संघ (CFWA) समुन्नती कार्यक्रम अन्तर्गत किशोर किशोरीहरुका जीवन उपयोगी सिप पाँच दिने तालिम सम्पन्न भएको छ । सामुदायिक परिवार कल्याण संघ (CFWA) द्वारा आयोजित उक्त तालिम सेभ द चिल्ड्रेनको सहयोगमा र समुन्नती परियोजनाको समन्वयमा सञ्चालन गरिएको थियो ।
समुन्नती परियोजनाका प्रोजेक्ट कोडिनेटर मकर बहादुर सार्कीको नेतृत्वमा सञ्चालन गरिएको सो तालिममा बर्दिवास र गौशाला नगरपालिकाका सम्पुर्ण वडाका स्वयंसेवक समावेश गरी उनीहरुलाई किशोर किशोरी जीवन उपयोगी सिप सम्बन्धी तालिम दिएको थियो ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

सो कार्यक्रम स्वयंसेवकले बालबालिकालाई किशोर किशोरीहरुका जीवन उपयोगी सिप सम्बन्धी कसरी किशोर किशोरीले आफ्नो जीवन सहजै रुपमा जिउन सकिन्छ भने विशेष तालिम दिएर समापन गरिएको छ ।
किशोर किशोरीहरुका जीवन उपयोगी सिप सम्बन्धी बारेमा भविष्य हुने फाइदा र जीवन मा आएको उतार चढाब समस्या समाधान हुनको लागि तालीम प्रदान गरिएको स्वयंसेवकलाई आआफ्नो वडा भएको दलित ,मुस्लिम, पिछडिएका वर्ग आदिलाई विशेष ध्यानमा राखी विशेष कक्षा संचालन र छलफल गरेर किशोर किशोरीलाई आफ्नो जिवन सहज र सरल तरिकामा जिउनका लागि तालीम दिनको लगी संचालन गरिएको थियो । यस तालीम मा २४ जना स्वयंसेवकको उपस्थिति रहेका थिए ।
सामुदायिक परिवार कल्याण संघ (CFWA) का टिम लिडर लक्क्षेवर मण्डल र मकर बहादुर कार्की द्वारा प्रमाणपत्र वितरण गरिएको थियो । यस तालीममा विभिन्न CFWA का CM सरहरु समेत सहभागी रहेको थियोे ।















