पवन प्रसाद साह,वीरगंज ।पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरियामा राष्ट्रवादी नागरिक समाज द्वारा राजा ल्याउ देश बचाउ नारा सहित सभा सम्पन्न भएको हो।
उक्त सभा कार्यक्रम राष्ट्रिय गीत गाइ शुभारम्भ गरिएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रवादी नागरिक समाज पर्साका जिल्ला सदस्य रामअसिस राउत कुर्मी ले गरेका थिए।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

सभा कार्यक्रम लाइ सम्बोधन गर्दै भने कार्यक्रम का प्रमुख अतिथि तथा राष्ट्रबादी नागरिक समाज का केन्द्रिय अध्यक्ष चबरा ले भने यो देसमा गणतन्त्र, लोकतन्त्र नभएर लुटतन्त्र भएको बताए साथै यो देसमा राजसंस्था को आवश्यकता रहेको बताए।
त्यस्तै सम्बोधन कै क्रममा राष्ट्रबादी नागरिक समाज का केन्द्रिय उपाध्यक्ष लक्ष्मी मल्ल ले भनिन यो देश मात्र राजा ले चलाउन सक्नुहुन्छ अरु नेताहरुले चलाउन सक्दैन बताए।
सम्बोधन कै क्रममा राष्ट्रबादी नागरिक समाज पर्साका संयोजक परमेश्वर साह कानु ले भने राजतन्त्र र लोकतन्त्रको आफै मुल्यांकन गर्नु प्रत्यक्ष गएर मालपोत कार्यालय पर्सामा दिसा फेर्न र पिसाब फेर्न को निमित्त राम्रो चर्पी छैन तर स्वच्छता अभियान अन्तर्गत मुख्यमन्त्री स्वच्छता अभियानमा ०.५ % लिन्छ तर राम्रो चर्पी को व्यवस्था छैन् त्यसैले यो देशमा राजतन्त्र को आवश्यकता रहेको बताए
उक्त सभा कार्यक्रम बैजु कलवार को सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रवादी नागरिक समाज का केन्द्रिय अध्यक्ष चबरा को प्रमुख अतिथियमा भएको कार्यक्रममा राष्ट्रवादी नागरिक समाज पर्साका संयोजक परमेश्वर साह कानु,राष्ट्रवादी नागरिक समाज का केन्द्रिय उपाध्यक्ष लक्ष्मी मल्ल, जिल्ला सदस्य रामअसिस राउत कुर्मी लगायत समाज का केन्द्रिय सचिव, महासचिव, सदस्यहरू को उपस्थिति रहेको थियो भने कार्यक्रम को सहजिकरण चन्द्रशेखर पटेल ले गरेका थिए।















