फोकस नेपाल ,बैशाख १४ गते । पहिचान नखुलेको पुरूष शव फेला परेको छ । मिति २०८०।०१।१२ गते अं.१८;०० बजेको समयमा जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका वडा नं.१ ज्यामिरे खोलाको किनारमा पहिचान नखुलेको अं.बर्ष २६/२७ को पुरूष व्यक्ति मृत अवस्थामा फेला परेको छ ।
शव फेला परेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यलय ढल्केवरबाट प्र.नि.समेतको प्रहरी टोली घटनास्थलमा खटि गई लास जाँच प्रकृति मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी मृतक पहिचान नखुलेको पुरूष व्यक्तिको लास पोष्टमाटर्मको लागि प्रादेशिक अस्पताल जनकपुरधाम धनुषाको शव गृह कक्षमा राखिएको छ, भने इ.प्र. कार्यलय ढल्केवरले बताएको छ ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA


घटनास्थल यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय बिरेन्द्र बजार धनुषा देखी अं.४ कि.मि.उत्तर पर्ने शव फेला परेको छ ।
साथै निम्न हुलिया गहुगोरो,पातलो शरिर,सेतो रंगको गन्जि ,कलेजी रंगको कट्टु लगाएको तराईबासी जस्तो देखिने अं.२६/२७ बर्ष भएको पहिचान नखुलेको पुरूष व्यक्तिको लासको हालसम्म सनाखत हुन नसकेकोले उक्त पुरूष व्यक्तिलाई पहिचान गर्ने जोकोहीले सम्पर्क राख्न हुन तथा निजको आफन्तलाई यस कर्यालय तथा इलाका प्रहरी कार्यालय ढल्केबरमा सम्पर्क राख्न हुन अनुरोध गरिएको छ ।
सम्पर्क न:- 100, 985-4026090















