फोकस नेपाल ,बैशाख १७ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले वैशाख १७ गतेलाई बालविवाहविरुद्धको दिवस मनाउने घोषणा गरेका छन् ।
जनकपुरधाममा आइतवारदेखि सुरु भएको दुई दिवसीय मधेश बालिका सम्मेलन- २०८० लाई उद्घाटन गर्दै मुख्यमन्त्री यादवले यस्तो घोषणा गरे । उनले बालविवाहविरुद्धको दिवस हरेक वर्ष वैशाख १७ मा मनाउन प्रदेश सरकारले औपचारिक रुपमा निर्णय गर्ने प्रतिवद्धता जनाए ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

उनले सन् २०३० सम्म मधेश प्रदेशलाई बालविवाह मुक्त बनाउन रणनीतिक योजना ल्याएको जानकारी दिए । उनले भने, ‘१० वर्षे रणनीतिक योजना र बाल सहभागिता कार्यविधि स्वीकृत भइसकेको छ । अब प्रदेशमा बालविवाह अन्त्य गर्ने अभियानलाई तदारुकताका साथ अघि बढाइनेछ ।’
मुख्यमन्त्री यादवले प्रदेशका बालिकालाई सशक्त बनाउन ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान संचालनमा रहेको तर सो अभियानबाट चाहेको अनुरुप प्रतिफल प्राप्त हुन नसकेको स्वीकार गरे ।
लाइफ नेपाल नामक संस्थाको समन्वय तथा करिब दुई दर्जन संघसंस्थाको सहयोगमा महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयले मधेस बालिका सम्मेलन-२०८० आयोजना गरेको छ ।















