शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

सिरहा, बैशाख २३ गते । लागूऔषध गाँजासहित सिरहाबाट दुई जना पक्राउ परेका छन् ।

सिराहाको गोलबजार नगरपालिका ४ शिवमन्दिर नजिकबाट १३ केजी ८ सय ४० ग्राम गाँजा सहित गोलबजार १ मुक्सारका २६ वर्षीय महेन्द्र साह र वार्ड नम्बर २ का ३६ वर्षीय श्याम कुमार साहलाई प्रहरीले  पक्राउ गरेको हो ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

विशेष सूचनाको आधारमा गोलबजार ४ शिवचौक नजिक पार्किङ गरिराखेको प्र.२–०१–००२ ह. ०२९८ नम्बरको अटोमा लुकाइछिपाई राखेको ५ किलो ८ सय ४० चालीस ग्राम गाँजासहित महेन्द्र साह र प्र. २–०१–००१ ह. १०५६ नम्बरको अटोमा लुकाइछिपाई राखेको ८ किलो गाँजासहित वडा नम्बर २ का श्याम कुमार साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

केन्द्रीय अनुसन्धान लागु औषध विशेष ब्युरो र इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुखको कमान्डमा खटिएको टोलीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

२०८० बैशाख २३, शनिबार ०७:४०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय