शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,बैशाख २४ गते । प्रादेशिक अस्पताल जनकपुरधामको काटिएको विद्युत एक घण्टापछि जोडिएको छ ।

१ करोड २० लाख रुपैयाँ बाँकी विद्युत महसुस नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जनकपुरले आज दिउँसो पौने २ बजे अस्पतालको विद्युत काटेको थियो ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले बैशाख महिनाभित्र समाजिक विकास मन्त्रालयबाट अनुदानको २ करोड रुपैयाँ प्राप्त भएपछि महसुल तिर्ने लिखित प्रतिबद्धता गरेपछि लाइन जोडेको प्राधिकरणका प्रमुख लखन लाल मल्लिकले जानकारी दिए ।

प्रतिष्ठान अन्तर्गत रहेको अस्पतालले १५ महिनादेखि विद्युत महसुल बुझाएको छैन ।

तिर्न पटक पटक मौखिक, लिखित पत्र पठाए पनि अटेर गरेपछि आज प्राधिकरणले लाइन काटेको थियो।

२०८० बैशाख २४, आईतवार १४:१६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय