सर्लाही , बैशाख ३० गते । लागु औषध सहित दुइ जना पक्राउ परेका छन् । मिति २०८०।०१।२८ गते रातिको अं.२०:०० बजेको समयमा मधुवनबाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०६-००१ख ०००३ नं.को यात्रु बाहक बस गाडिलाई चेक जाच गर्ने क्रममा लागु औषध फेला परेको छ ।
ईलाका प्रहरी कार्यालय बरहथवा बाट खटिएको प्रहरी टोली र सश्सत्र प्रहरी बल नेपाल सुरक्षा बेस सन्दरपुर चोहडवा समेतको संयुक्त टोलीले उक्त नं. को बस गाडीलाई रोकी चेक जाँच गर्दा सो गाडीमा सवार जिल्ला सर्लाही गोडैता न.पा. वडा नं.११ बस्ने खोभारी सहनीको छोरा वर्ष २२ को अजय सहनीले बोकेको निलो रंगको ब्याग र ऐ.ऐ. वडा नं.०८ बस्ने हलिम मिया दर्जीको छोरा वर्ष ३२ को ताजबाबु दर्जीले बोकेको सेतो रंगको बोरालाई चेकजाँच गर्दा निम्न नाम भएको लागु औषध फेला परेको छ ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA


१. CodiWell Cough Syrup लेखिएको १०० ML को बोतल १८७ थान ।
२. Noophin लेखिएको २ ML को एम्पुल ९१ थान ।
३. Diazepam लेखिएको २ ML को एमपुल ९१ थान ।
४. Phenergan लेखिएको २ ML को एम्पुल ९२ थान ।
५. Nitravet-10 लेखिएको २० पतामा रहेको प्रति पता १५ वटा टयाब्लेट(गोटी) को दरले ३०० पिस(टयाब्लेट) ।
६. Nitza Care-10 लेखिएको ९० पतामा रहेको प्रति पता १० वटा टयाब्लेट(गोटी)को दरले ९०० पिस (टयाब्लेट) ।
७. निजहरुको साथबाट बरामद भएको स्किचट मोबाईल थान-२ ।
साथै,निजहरुलाई सर्लाही जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी कानूनी प्रकृया अगाडी बढाएकोईलाका प्रहरी कार्यालय बरहथवा जानकारी दिएको छ ।
















