बिनोद मण्डल ,बैशाख ३१ गते । सिराहा जिल्लाको धनगढी माईको वाडा नंबर १० जिरोमाईल बजारको उत्तर बाटोको पक्षिम्म स्थित रहेकाे बुद्ध मेमोरियल बोर्डिङ स्कूलमा एक विद्यार्थीलाई विद्यालयका फाउण्डर गंगा तिमल्सिनाका छोरा क्षितिज मोक्तानले पिठ्युँमा निलडाम उठनेगरी पिटेका छन ।
धनगढीमाई १३ भाल्टार घर भई उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत १३ वर्षिय बालक निशान्त राई क्षितिजको भौतिक कारवाहीमा परेका हुन ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

गत बिहीबार बिहान टिउसन कलास लिन विद्यालय पुगेका निशान्त लाई ढिलो गरी कक्षामा पढाउन आएका शिक्षक क्षितिजले कक्षामा बसिरहेका विधार्थी राईलाई होम वर्क बनायौ भनी शुरुमा सोधेका थिए , विधार्थी राईले बनाएको छैन भनी बताए पछि उनी बसेको बेन्चबाट उनलाई उठाएर कक्षा कोठामै उभाएर गाला र ढाढमा बेस्मारी कुटेका शितिजले रिसको झोकमा त्यहाँ पढ्न आएका विधार्थीलाई उनीहरूले ल्याएको स्केल मागेर विधार्थी राईलाई बेस्मारी कुटेका थिए ।
सदैव आफ्ना छोरा लिन विद्यालय पुगेका रोशन राईलाई शिक्षक क्षितिजले आज तपाइँको छोरालाई कुटेको बताईरहँदा अभिभावक रोशनले सामान्य होला भन्दै छोरालाई घर लिएर आएका थिए ।
घरमा पिटाईको कारण झोक्राएर बसेका छोराको अवस्थालाई नियाल्दै आमाले पिठ्युँमा निलडाम देखेपछि स्थानीय अस्पतालमा उनलाई तत्काल उपचारमा लगिएको थियो ।
घटनाको बारेमा स्कूलका फाउन्डर गंगा तिमल्सिना लाई आज शनिवार बिहान करीब ७ बजेर ५५ मिनेटमा विद्यालयको गेटमा पुगेर घटनाको बारेमा जानकारी लिन खोज्दा बाहिर पत्रकारलाई गेट बाहिर करिब २५ मिनेट सम्म बाहिर पर्खआएर ८ बजेर २० मिनेटमा विद्यालयको उत्तरपट्टि रहेको बगैंचामा पत्रकारहरुलाई बोलाएर घटना घटेकै हो भनी बताउने फाउन्डर तिम्सिनाले घटनालाई ढाक छोप गर्दै विधार्थी राईका बुबाले करिब ७ दिन अगाडि छोराको फी तिर्न आउँदा छोरा कमजोर छ , अलि टाईट गर्नु भनी भनेको हुनाले सामान्य घटना हुन गएको बताउनु भएको छ ।
यस विद्यालयमा अध्यनरत कतिपय बिधार्थीहरुलाई अस्वाभाविक हुनेगरी कान समातेर उठ बस गराउने गरेको समेत अभिभावकहरुले बताएका छन ।
घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय सिरहामा टेलिफोन संपर्ग गर्दा पीडित पक्ष र विद्यालयका बीच आज ३ बजे क्षलफल हुने बताइएको छ ।
।















