वीरेन्द्र पासमान बैशाख ३१ गते । महोत्तरीमा दलित भएर गैरदलितसँग बसेर भोज खाएको भन्दै एक किशोर कुटिएको घटना बाहिरिएको छ ।
जिल्लाको गौशाला नगरपालिका १ रामनगरको बानटोल निवासी १६ वर्षीय अविनास पासमान कुटिएका छन्।
स्थानीय सुरतन यादवको आमाको श्राद्धमा यादव र महतोको लाइनमा बसेर भोज खाएको निहुँमा पासमान कुटिएका हुन्।
टेण्टमा मजदुरको काम गर्ने किशोरलाई स्थानीय ४० वर्षीय रामविनेक यादवले कुटपिट गरेका भन्दै पीडितले प्रहरीमा निवेदन दिएका छन्।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

गत वैशाख २६ गते रामविनेक यादवले कुटपिट गरेका हुन्
अविनासले वैशाख २७ गते ईलाका प्रहरी कार्यालयमा निवेदन दिएपछि प्रहरीले २९ गते रामविनेक यादवलाई पक्राउ गरेको हो ।
महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले घटनाको अनुसन्धान भैरहेको बताए।
करिब एक वर्ष अघिपनि अविनासकी आमालाई समेत चौतारामा बसिरहेको अवस्थामा कुटपिट गरेका थिए। त्यसबेला ईलाका प्रहरी कार्यालय गौशालामा छलफल हुँदा उनलाई उपचार खर्च पाँच हजार दिएर आरोपीले उन्मुक्ति पाएका थिए।















