सर्लाही, जेठ ३० गते । सर्लाहीमा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ ।
जिल्लाको बागमती नगरपालिका–१२, बथाने बस्ने कुमार वि.क. का छोरा चार वर्षीय सलिन वि.क. को विषालु सर्पले टोकेर मृत्यु भएको हो ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

आइतबार राति सानिआमासँग सुतेका बालक राति ११ बजेतिर एक्कासि रुन थालेपछि सर्पले डसेको आशङ्कामा उपचारका लागि लालबन्दी नगरपालिका –१, नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।
उपचार केन्द्रमा ल्याउँदा बालकको मृत्यु भइसकेको केन्द्रका इन्चार्ज जगर्नाथ यादवले जानकारी दिए ।
मृतक बालकको शव सोमबार बिहान परिवारका सदस्यले बुझेर लगेका नवलपुर सर्पदंश उपचार केन्द्रले जनाएको छ ।















