सर्लाही ,जेष्ठ ३० गते । सर्लाहीमा गाडीले ठक्कर दिँदा छोरीको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छन्।
नवलपुर–मलंगवा सडकखण्डअन्तर्गत कविलासी नगरपालिका–१० सलेमपुरमा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा चन्द्रनगर गाउँपालिका ५ मोहनपुर घर भई सलेमपुरस्थित माइती घर आएकी २१ वर्षीया सबनम खातुनको मृत्यु भएको हो।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

दुर्घटनामा उनकी आमा ६२ वर्षीया अबेदा खातुन गम्भीर घाइते भएकी छन्। उनको उपचार नेसनल मेडिकल कलेज (वीरगन्ज) मा भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
आइतबार साँझ सडकमा हिँडिरहेका आमाछोरीलाई चारपांग्रे गाडीले ठक्कर दिएको हो। तर दुर्घटना हुनासाथ फरार भएकाले गाडीको नम्बर पहिचान हुन सकेन। प्रहरीले पत्ता लगाउने प्रयास गरिरहेको छ।
ठक्करबाट आमाछोरी नै गम्भीर घाइते भएका थिए। उनीहरुलाई प्रादेशिक अस्पताल (मलंगवा) मा सामान्य उपचार गरी थप उपचारका लागि वीरगन्ज लगिएको थियो। उपचारका क्रममा छोरी सबनमको गएराति मृत्यु भएको हो।
दुर्घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै मृतकका आफन्त र स्थानीयले सोमबार साँझ नवलपुर–मलंगवा सडक पाँच घण्टासम्म बन्द गराएका थिए।
मृतक युवतीको शव सडकमै राखेर दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गर्दै सलेमपुरमा चक्काजाम गरिएको हो।















