पर्सा, असार ३ गते । पर्सा प्रहरीले विभिन्न ब्राण्डको मोबाईल तथा घडीसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
भारतबाट भन्सार छली गरेर नेपालमा ल्याएर अनाधिकृतरूपमा भन्डारण गरेर राखेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका ३२ वदननगर बस्ने मनोज साहको घरमा बस्ने भारतको बिहार राज्य पूर्वी चम्पारण बिसुनपुर पोष्ट अमवा बिसुनपुर बस्ने मनोज कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

प्रहरीले मनोज कुमारको डेराबाट एप्पल मोबाईल २ थान, रेडमी ७ थान, ओप्पो ९ थान, विवो १० थान, वन प्लस २ थान, शैमसंग १३ थान, रिअलमी २ थान, टेक्नो १० थान, टेक्नो पोभा १ थान, आइटेल १ थान, टेक्नो कामोन १ थान, पोको १ थान ५९ थान मोबाईल र टाइटन घडी ११४ पिसलगायत विभिन्न ब्राण्डका १८५ पिस घडी बरामद गरेको छ ।
बरामद गरिएको सामानहरु १९ लाख १४ हजार बराबरको रहेको तथा आवश्यक कारवाहीका लागी सामानसहित मनोजकुमारलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।















