सिन्धुली ,असार ०९ गते । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-२ बितिजोरमा बाढीपहिरोबाट ३१ घरमा क्षति पुगेको छ।
शनिबार बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याड र खेत समेत बगाएको छ। बाढीपहिरोबाट पशु चौपाया र कुखुरा पनि नष्ट भएको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिए।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच सुँगुर र ६० कुखुरा मरेका छन्।















