पुष्कर बसन्त, जनकपुरधाम । विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीमा व्यापारीले भारु नोटमा कारोबार गर्न अस्वीकार गर्न थालेका छन्। त्यहाँका पसलेहरू नेपालका ग्राहकले दिएको भारु पैसा लिन मानिरहेका छैनन्।उनीहरू भन्छन्, ‘हामीलाई नेरु नै दिनुस्, भारु हैन। हामी भारु लिदैनौँ।’ अवैध मौद्रिक बजार र सुनतस्करीको वृद्धि सँगसँगै खुला बजारमा नेरु महँगो र भारुको दर सस्तो भएको छ। भारतमा प्रतिदिन नेरुको माग बढिरहेको छ। त्यसैले जोगबनीका व्यवसायीले पनि नेरु नै माग्न थालेका हुन्। सीमावर्ती बजारमा भारुको दर सस्तो हुन थालेको ८ महिना भएको छ। भारुको दर सीमापारिको बजारमा २०७९ मंसिरमा सबैभन्दा पहिले १५६ रुपैयाँ भएको थियो। त्यसको दुई महिना नपुग्दै माघको १५ मा १५० रुपैयाँमा झर्यो। त्यसपछि कहिले १५२, कहिले १५५, १५६ हुँदै एक महिनायता १५० मा स्थिर भएको छ।जोगबनीको हरियाणा फेन्सी स्टोरका सञ्चालक नरेन्द्र गोयलले आफ्नो पसलले भारुका कारोबारीसँग नेरु १५० का दरले भारुको खरिद गरिरहेको बताए। ‘कपडाको आपूर्ति गर्ने भारतका कम्पनीलाई हामीले भारुमै भुक्तानी दिनुपर्छ। त्यसैले नेपालका ग्राहकलाई सामान बिक्री गरेर उनीहरूबाट प्राप्त नेरुलाई भारु बनाउनै पर्छ,’ उनी भन्छन्, ‘कुनै समय हामीले १ सय भारु खरिद गर्न नेरु १६६ सम्म दिनुपरेको थियो। अहिले भने १५० मै पाइरहेका छौं। त्यसैले हामी नेपालका ग्राहकले भारु हैन नेरु नै दिऊन् भन्ने चाहन्छौँ।’त्यस्तै जोगबनीको कलकत्ता क्लोथ स्टोरका सञ्चालक कमल तापडिया ‘सिकन्दर’ले पनि खुला बजारमा भारुको दर घटेर १५० मा स्थिर भएको जानकारी दिए। यता नेपालतर्फका सीमावर्ती बजारमा पनि व्यवसायीले भारु लिन छाडेका छन्।
पेट्रोल पम्पहरूले सूचना नै टाँसेर भारु नलिने जनाएका छन्। ‘भारुमा भुक्तानी लिएर हामी कहाँ साट्न जाने ?,’ पेट्रोलियम व्यवसायी एवम् श्री तिरुपति ट्रेडिङका सञ्चालक आनन्द मारूले बिजमाण्डूसँग भने, ‘बजारमा कतै भारु बिक्दैन। बिकिहाले पनि १५० का दरले खरिद गर्छु भन्छन्। अनि जानीजानी घाटाको व्यापार किन गर्नु ? त्यसैले भारु नै नलियो, टन्टै साफ।’सर्वसाधारणलाई १६० नै
व्यवसायी र ठुला कारोबारीले नेरु १५० मा भारु १ सयको खरिद गरिरहेका भए पनि सर्वसाधारणलाई भने १६० नै परिरहेको छ। किनकि मुद्राका अवैध कारोबारीहरू सर्वसाधारणसमक्ष आइपुग्दैनन्। उनीहरू व्यवसायीसित मात्र जान्छन्।यसैबीच पूर्वका सटही काउन्टरहरूको व्यवसाय अहिले ठप्पजस्तै भएको छ। ‘विराटनगरमा मात्र १८ वटा सटही काउन्टर छन्,’ स्वस्तिका सटही काउन्टरका सञ्चालक रवीन्द्र निरौलाले भने, ‘तर हामीसित भारु लिन कोही आउँदैन। बरु भारु लिनुस्, नेरु दिनुस् भन्दै आउँछन्।’
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

निरौलाले काउन्टरमा फाट्टफुट्ट आउने ग्राहकलाई नेरु १६० कै दरले भारु दिइरहेको जानकारी दिए। जबकि काउन्टरहरूले कुनै समय १ सय भारुको नेरु १६६ सम्म लिने विराटनगरमा मात्र १८ वटा सटही काउन्टर छन्,’ स्वस्तिका सटही काउन्टरका सञ्चालक रवीन्द्र निरौलाले भने, ‘तर हामीसित भारु लिन कोही आउँदैन। बरु भारु लिनुस्, नेरु दिनुस् भन्दै आउँछन्।’
निरौलाले काउन्टरमा फाट्टफुट्ट आउने ग्राहकलाई नेरु १६० कै दरले भारु दिइरहेको जानकारी दिए। जबकि काउन्टरहरूले कुनै समय १ सय भारुको नेरु १६६ सनिरौलाले काउन्टरमा फाट्टफुट्ट आउने ग्राहकलाई नेरु १६० कै दरले भारु दिइरहेको जानकारी दिए। जबकि काउन्टरहरूले कुनै समय १ सय भारुको नेरु १६६ सम्म लिने गर्थे।
मारमा होटल र हस्पिटल
खुला बजारमा भारतीय मुद्राको मूल्य घटेसँगै नेपालका अस्पताल र होटलहरू मारमा परेका छन्। विराटनगरस्थित न्यूरो अस्पतालका प्रबन्ध निर्देशक अनिशा विष्टले आफ्नो अस्पतालमा भारु १ सयलाई नेरु १५७ को दर तोकिएको जानकारी दिइन्।
प्रबन्ध निर्देशक विष्टले भनिन्, ‘हामीले १५७ को दर तोकेर कुनै अन्याय गरेका छौँ भन्ने लाग्दैन। किनकि संकलित भारु हामी १५५ मा बेच्न खोजिरहेका छौं। तर पनि बिकिरहेको छैन।’ उनले भारुको दर घटेका कारण भारतीय बिरामी आउने क्रममा पनि ह्रास आएको उल्लेख गरिन्।















